सलमान र कट्रिनाको टाइगर थ्रीले बनाउन सकेन रेकर्ड

नयाँ दिल्ली । सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित टाइगर ३ दिवालीको अवसर पारेर रिलिज भएको थियो । फिल्मको एडभान्स बुकिङ हेर्दा यो फिल्मले यस वर्षका दुई ब्लकबष्टर फिल्म पठान र जवानको रेकर्ड नै तोड्छ कि जस्तो लागेको थियो । तर यस्तो भएन ।
यद्यपि, यो फिल्मले सनी देओलको गदर २ को ओपनिङ डेको कलेक्शनलाई भने उछिनेको छ । दर्शकहरुबाट टाइगर थ्रीले राम्रो रेस्पोन्स पाइरहेको छ । फिल्मले पहिलो दिनमा ४४ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको सैकनिल्कको रिपोर्टले देखाएको छ । फिल्मको हिन्दी संस्करणले ४३ करोड २० लाख रुपैयाँ कमायो । तेलुगुमा १ करोड १५ लाख रुपैयाँ र तमिलमा १५ लाख रुपैयाँ मात्रै कमाई गर्यो । संसारभर भने पहिलो दिनमा फिल्मको कमाई ५० करोड थियो ।
पहिलो दिनको एडभान्स बुकिङमा फिल्मको ८ लाख ७७ हजार ओटा टिकट विक्री भएको थियो । यस हिसाबले फिल्मले एडभान्स बुकिङबाट ३० करोड कमाएको थियो । पहिलो दिनको कलेक्सनको मामिलामा सलमान खान शाहरुख भन्दा अगाडि जान सकेनन् । शाहरुखको जवानले ओपनिङ डेमा ६५ करोड रुपैयाँ कलेक्सन गरेको थिए । तमिल र तेलुगुको कलेक्सन १० करोड रुपैयाँ थियो । जवानको आपनिङ डेको कलेक्सन भारतमा ७५ करोड र संसारभर १ अर्ब रुपैयाँभन्दा धेरै थियो ।
तोड्न सकेन पठानको रेकर्ड
शाहरुख खानको पठानले ओपनिङ डेमा रेकर्डतोड कलेक्सन गरेको थियो । विवादमा घेरिएर पनि यो फिल्मले ५७ करोड रुपैयाँ कलेक्सन गर्यो । सनी देओलको गदर २ ले ओपनिङ डेमा ४० करोड १० लाख रुपैयाँ कलेक्सन गरेको थियो । सलमान खानको टाइगर ३ ले गदर २ को भन्दा अलि बढी मात्रै कलेक्सन गर्यो । तर पठानको रेकर्ड तोड्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल