विराटनगर महानगरपालिकाका मेयर कोइराला चीन भ्रमणमा
सोमबार, २७ कात्तिक २०८०, ११ : १७

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला ६ दिने चीन भ्रमणमा निस्किएका छन् । कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला चीन प्रस्थान गरेका हुन् ।
लीयू सहरमा हुने युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमणमा गएका थिए ।
अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने