‘दोधारा चाँदनी’ बनाउँदै नवल

काठमाडौँ । अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काले नयाँ फिल्म ‘दोधारा चाँदनी’ निर्माण घोषणा गरेका छन् । तिहारको अवसर पारेर उनले फिल्मको घोषणा गरेका हुन् ।
भारतले गर्ने नेपालको सीमा अतिक्रमण सुरक्षाका लागि काँडेतार गर्नुपर्ने अभियानसहित फिल्म ‘काँडेतार’ निर्माण गरेका खड्काले ‘दोधारा चाँदनी’ मा भारतले नेपाली सीमा अतिक्रमण गरेको बिषयमा कथाको रुपमा उठाउने छन् ।
सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई खड्काले नै निर्माण गर्नेछन् । निर्देशक र कलाकारको बिषयमा अहिले उल्लेख गरिएको छैन । ‘अहिलेलाई फिल्म मात्र घोषणा गरेका हौं । निर्देशक र कास्टबारे तिहारपछि जुट्नेछु’, खड्काले भने ।
दोधारा चादँनी नगरपालिका सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्छ । यो नगरपालिका महाकाली नदीभन्दा पारि रहेका साविकका चाँदनी र दोधारा गाविस समावेश गरी स्थापना भएको हो । नगरपालिकामा १० वटा वडा छन् । यस क्षेत्रमा बेला बेलामा भारतले सीमा अतिक्रमण गरेको खबर आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार