लागु पदार्थ तस्करी अभियोगमा भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय
एजेन्सी । भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ ।
सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो । अन्ठाउन्न वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ ।
हो चि मिन्ह सिटी पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो । उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैधरूपमा दुइ सय १६ किलोग्रामभन्दा बढी लागु पदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ ।
समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागु पदार्थ’ बरामद गरिएको उल्लेख छ । वुका अनुसार लागु पदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सिटीसम्म गरिएको थियो । उक्त सहरमा केही घरेलु प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर गर्नुपर्यो अन्तिम संस्कार
-
अन्ततः राप्रपाले तिर्यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना
-
दुई वर्षमै बेलायतमा किनबेच होला ल्याबमा हुर्काइएको मासु ?
-
पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुँदैन : मन्त्री भण्डारी
-
आकाशमा उडिरहँदा विमानको ट्वाइलेट जाम भएपछि....
-
पाँच जलविद्युत् जलविद्युत् आयोजनासँग ३१ बुँदे माग