सलमानले सबैभन्दा चाँडो नृत्य सिक्छन् : वैभवी मर्चेन्ट

नयाँ दिल्ली । वैभवी मर्चेन्ट बलिउडकी चर्चित कोरियोग्राफर हुन् । मर्चेन्टले कयौँ चर्चित भारतीय फिल्ममा कोरियोग्राफी गरेकी छिन् । बलिउडमा सबैभन्दा छिटै नृत्य सिक्ने कलाकारहरू को को हुन् भनेर मर्चेन्टलाई सोधिएको थियो । मर्चेन्टले सबैलाई छक्कै पार्ने जवाफ दिएकी छिन् । उनका अनुसार सलमान खान आफ्नो स्टेप्स छिटै टिपिहाल्ने कलाकार हुन् ।
उनका अनुसार एक दुई पटक डान्स स्टेप्स हेरेपछि सलमान टेक लियौँ भनिहाल्छन् रे । माधुरी दिक्षित र रानी मुखर्जीले पनि छिटै डान्स सिकिहाल्ने उनको भनाइ छ । यो सूचीमा ऋतिक रोशन पनि छन् । उनी भने छिटै आफ्नो स्टेप्स सिक्न निकै परिश्रम गर्छन् । ऋतिक जस्तै कट्रिना पनि सिक्न कठिन मेहनत गर्छिन् । मर्चेन्टका अनुसार प्रियंका चोपडाले पनि आफ्नो स्टेप्स छिटै क्याप्चर गर्छिन् ।
सलमान छेपारो जस्तै
सलमानको विषयमा रमाइलो कुरा बताउनभन्दा उनले सलमानलाई छेपारो भनिन् । सलमानमा केही म्याजिक बटन जस्तो भएको अनि अचानक शरीर खुम्चने अचानक एकदम फिट हुने पनि भइहाल्ने बताइन् । ‘कहिले उनी भर्खरै सुतेर उठेजस्तो देखिन्छन् । सलमानको शरीर छेपाँरो जस्तै छ । उनी शरीरलाई आफ्नो हिसाबले बदल्छन् । यो राम्रो कुरा पनि हो,’ मर्चेन्टले भनिन् ।
शाहरुखको आसपास बस्दा दिमागमा गीत बज्छ
मर्चेन्टले जवानमा शाहरुख खानसँग पनि काम गरेकी थिइन् । उनीसँग काम गर्न निकै रमाइलो हुने सेटमा हरेक क्षण ठट्यौलीपूर्ण हुने उनले बताइन् । शाहरुख चार्मिङ पर्सन भएको र उनी आसपास हुँदा दिमागमा आफसे आफ गीत बज्न थाल्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।
-
पुरी शंकराचार्यको नेपाल भ्रमण तयारी सुरु, धनुषाको देवडिहा आउने
-
कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी
-
एक खेलको नतिजामा अल्झिएको लिभरपुलको २०औँ उपाधि यात्रा