अपराध अनुसन्धानमा उत्कृष्ट कुकुर ‘रियो’

काठमाडौँ । अपराध अनुसन्धानमा यसवर्ष ‘रियो’ उत्कृष्ट कुकुर ठहरिएको छ । जर्मन सेफर्ड जातको ‘रियो’ अहिले नेपालगन्जमा छ । तिन–चारवटा अपराधको घटना अनुसन्धानमा ‘रियो’ले राम्रो काम गरेको हुनाले वर्षको उत्कृष्ठ कुकुरबाट पुरस्कृत गरिएको नेपाल प्रहरी केनाइन महाशाखाका डिएसपी डा.रामचन्द्र सत्यालले रातोपाटीलाई बताए ।
अपराध अनुसन्धानमा खटिने कुकुरहरूलाई प्रहरीको केनाइन महाशाखामा पूजा गरिएको छ । कुकुर तिहारको अवसरमा महाराजगन्जस्थित केनाइन महाशाखामा कुकुरहरूले कला प्रदर्शनी गरेका छन् ।
कला प्रदर्शनीमा जर्मन सेफर्ड जातको कुकुर ‘टाइगर’ रनिङतर्फ प्रथम भएको छ । टाइगरलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले पुरस्कृत गरेका छन् । बाधापार र हाई जम्पमा ‘रोज’ प्रथम भएको छ । बेल्जियन सेफर्ड जातको रोजलाई पनि एआईजी तामाङले मेडल सहित पुरस्कृत गरेका हुन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
चीन र अमेरिकाबीचको व्यापारबारे के भन्छ चिनियाँ थिंक ट्याङ्क ?