रोयल इनफिल्डको कार्यक्रममा ३७ राइडर सहभागी
आइतबार, २६ कात्तिक २०८०, ११ : ३०

काठमाडौँ । मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले दिपावलीको अबसर पारेर ‘रोयल इनफिल्ड हन्टर राइड द लाइट २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । यस राइडमा ३७ जना रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए।
यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवारनेस, प्रोमोटिङ सिस्टमेटिक राइड र परम्परा संस्कृति र चाडहरु संरक्षण एवम् प्रबर्धण गर्नु रहेको जनाइएको छ ।
कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर, बानेश्वर भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह हुँदै बोसन डाडासम्मको रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा