टिकटकमा लाइभ बसेर पटकाको मार्केटिङ, पोखराबाट बरामद भयो २ लाखको पटका

पोखरा । पोखरामा टिकटकमा बसेर पटकाको मार्केटिङ गरेको थाहा पाएपछि कास्की प्रहरीले ठुलो परिमाणमा पटका तथा आतिसबाजी बरामद गरेको छ । पोखराका विभिन्न ठाउँबाट पटका, आतिसबाजी र खुर्सानी बमहरू बरामद भएको हो । आतिसबाजी ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा बरामद भएको छ । यस्तै, आलु बम २५ वटा, बुलेट बम ३ वटा, सोली बम ५ वटा, झिरझिरे ८० वटा, एटम बम १४ वटा, डवल बम १० वटा समातिएको छ ।
गमला बम १७ वटा, चक्र बम २५ वटा, खुर्सानी बमको ९८ सेट, सानो पटका ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उता ठाउँ ठाउँमा खेलाइएको लङ्गुर बुर्जा उर्फ खोरखोरे पनि बरामद भएको छ । खोरखोरेका ३०५ वटा गोटी, बाल्टी, जग, म्याट लगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए ।
२ लाख भन्दा बढी मूल्यका १८ थरीका पटका बरामद गरेर नष्ट गरिएको उनको भनाई छ । ‘टिकटकमा मार्केटिङ गरिरहेको सूचना आएपछि प्रहरीले बरामद गरेको हो,’ उनले भने । तर पटकासँगै कति पक्राउ परे भन्ने खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ