बायर्नको जीतमा केनको नाममा अर्को कीर्तिमान

म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनले बुन्डेस लिगामा आफ्नो गोलको शृङ्खला जारी राख्दा बायर्न म्युनिखले एफसी हाइडेनहेमलाई हराउँदै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो हाफमा दुई गोल गर्दै केनले सिजनमा आफ्नो गोलको सङ्ख्या १७ पुर्याएका छन् । यसअघिका लगातार दुई खेलमा उनले ह्याट्रिक गरेका थिए । योसँगै ११ खेलपछि केन लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।
यसअघि सन् २०१९ मा रोबर्ट लेवान्डोस्कीले लिगको ११ खेलमा १६ गोल गरेका थिए । केनले गत सिजनका सर्वाधिक गोलकर्ता क्रिस्टोफर एनकुन्कु र निकलास फुलक्रुगको १६ गोलको आँकडा अहिले नै उछिनिसकेका छन् ।
दोस्रो हाफमा तीन मिनेटको अन्तरमा हाइडेनहेमका टिम क्लेइनडेन्स्ट र जान निकालस बेस्टेले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, त्यसपछि बायर्नलाई जीत दिलाउन राफायल गुरेरो र एरिक म्याक्सिम चुपो मोटिङले थप एक–एक गोल गरे ।
११ खेलपछि बायर्नको २९ अङ्क रहेको छ । तर, दोस्रो स्थानमा रहेको बायर लेभरक्युजनले आइतबार हुने खेलमा युनियन बर्लिनलाई हराए टोली पुनः शीर्ष स्थानमा उक्लिनेछ । टोलीको १० खेलबाट २८ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म