भ्यालेन्सियाविरुद्ध रियलको गोल वर्षा

स्यान्टियागो बर्नेबाउ । रियल मड्रिडले भ्यालेन्सियामाथि गोल वर्षा गर्दै ला लिगाको शीर्ष स्थानमा रहेको जिरोनासँगको अन्तर दुई अङ्कमा कायम गरेको छ ।
रियलले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । टोनी क्रुसको पासमा ड्यानी कार्भाहालले टोलीका लागि पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको अन्त्यमा रोड्रिगोले भिनिसियस जुनियरका लागि दोस्रो गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको सुरुवातमा पुनः रोड्रिगोकै पासमा भिनिसियसले टोलीको अग्रता फराकिलो बनाए । भिनिसियसको गोलको एक मिनेटपछि नै रोड्रिगोले चौथो गोल थपे । ८४ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल र टोलीको पाँचौँ गरेका थिए । खेलको ८८ औँ मिनेटमा ह्युगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे ।
१३ खेलपछि रियलको ३२ अङ्क रहेको छ । उता शीर्ष स्थानमा रहेको जिरोनाको समान खेलबाट ३४ अङ्क रहेको छ । एक खेल कम खेलेको बार्सिलोना २७ अङ्कसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?