भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सडक आयोजना निरीक्षण

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डको आज निरीक्षण गरेका छन् । पोखरास्थित सेती नदीमा बन्ने पुलको शिलान्यासका लागि आउनुभएका उहाँले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको आज स्थलगत निरीक्षण गरेका हुन् ।
जामुनेबाट कोत्रेसम्मको खण्डको काम सुस्त भएपछि मन्त्री ज्वालाले निरीक्षण गरेका हुन् । त्यसक्रममा मन्त्री ज्वालाले आयोजनाको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।
सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रतगतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अति सुस्त रहेको भन्दै उहाँले चाडो सक्न निर्देशन दिए ।
पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी एनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।
पूर्वी खण्डको काम सन्तोषजनक रहे पनि पश्चिम खण्डको काम अत्यन्तै न्यून गतिमा भइरहेको छ । सरकारले पश्चिम खण्डको ठेक्का तोड्ने गरी छलफलसमेत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
-
काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
-
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
-
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै सावित्री
-
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
-
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क