भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती
शनिबार, २५ कात्तिक २०८०, १९ : ४४

रुकुम । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।
भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए । आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए ।
आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध