गण्डकीका मुख्यमन्त्रीलाई देउसी भैलो टोलीको शुभकामना : प्रदेशलाई समृद्द बनाउनु, ५ वर्ष सरकार चलाउनु
शनिबार, २५ कात्तिक २०८०, १९ : ३९

पोखरा । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । तिहारको सुरुमै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा शनिवार देउसी भैलो खेलिएको छ । गण्डकीका कलाकारहरुले पाण्डे निवासमा देउसी खेलेका हुन् ।
देउसी भैलोको टोलीले खासगरी प्रदेशको विकास र समृद्दिका लागि गीत र देउसी मार्फत शुभकामना दिए । ‘प्रदेशलाई समृद्द बनाउनु, पाँचै वर्ष सरकार चलाउनु,’ देउसी भैलो टोलीले भट्याए ।
पाण्डेलाई प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामबाट दिन पनि उनीहरुले आग्रह गरेका छन् ।
देउसी भैलोमा कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, कांग्रेसका उपनेता विन्दुकुमार थापा, सांसद सरस्वती गुरुङ, नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा लगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग