बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु
शनिबार, २५ कात्तिक २०८०, १७ : ४३

काठमाडौँ । धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासवानको छोरा २ वर्षीय अभय पासवानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
उता सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देवकुमार मालीको ९ महिनाको छोरा बिराटकुमार मालीको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन