भाटभटेनीद्वारा जाजरकोटका भूकम्पपीडितलाई ४२ हजार किलो चामल सहयोग
शनिबार, २५ कात्तिक २०८०, १६ : ४९

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले जाजरकोट जिल्लाका भूकम्पपीडितलाई १ हजार ६८० बोरा चालम राहतस्वरुप प्रदान गरेको छ । क्षेत्रीय प्रबन्धक विनोद भट्टराईका अनुसार ४२ हजार किलो जिरा मसिनो चामल जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत भूकम्प पीडितलाई हस्तान्तरण गरिएको हो ।
राहत स्वरूप प्रदान गरिएको चामलको कूल मूल्य ३५ लाख रुपैयाँ रहेको छ । सुपरमार्केटले यसअघि रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितका लागि पनि चामल राहत स्वरूप पठाएको थियो । सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म