बालेन र गृहमन्त्री श्रेष्ठबिच लन्चसहितको भेटघाट
शनिबार, २५ कात्तिक २०८०, १६ : २१

काठमाडौँ । उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच लञ्चसहितको भेटघाट भएको छ । शनिवार बिहान बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।
बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छिन् । फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी छिन् ।
केही महिनाअघि मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को उपमा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए । सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो भनाई सामाजिक सञ्जालबाट हटाएका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षमा पहिलो पटक उत्तर कोरियामा अन्तर्राष्ट्रिय म्याराथन
-
मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने
-
काठमाडौंमा चौथो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आयोजना हुँदै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन