इजरायलद्वारा हमासको आक्रमणमा मारिनेको सङ्ख्या संशोधन, भन्यो, ‘१४ सय होइन, १२ सयको मृत्यु’
शनिबार, २५ कात्तिक २०८०, १३ : ०८

तेल अभिभ । इजरायलले हमासको आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या परिमार्जन गरेको छ । इजरायलले यसअघि अक्टोबर ७ मा हमासको आक्रमणमा आफ्ना १४ सय मानिस मारिएको बताएको थियो। तर अहिले उसले मृत्यु हुनेको सङ्ख्या १२ सयको हाराहारीमा रहेको बताएका छन् ।
इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले आक्रमणपछि मारिएकाहरूको तत्काल पहिचान हुन नसकेको बताए । उनका अनुसार मारिनेमा धेरै चरमपन्थी समूहका पनि थिए । त्यही भएर अहिले मृत्यु हुनेको सङ्ख्यालाई परिमार्जन गरिएको हो ।
यस आक्रमणको जवाफमा इजरायलले गाजामा जवाफी कारबाही सुरु गरेको थियो । यसमा ठुलो सङ्ख्यामा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । हमासको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा हालसम्म ११ हजार ७८ जनाको ज्यान गएको र करिब २७ हजार मानिस घाइते भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक