चाडपर्व लक्षित अनुगमन तीव्र बनाउँदै विभाग, एकै दिन १० लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । तिहार नजिकिएसँगै विभागको संयुक्त टोलीले बजार अनुगमन र उपभोक्ता ठग्ने व्यापारीमाथिको कारबाहीलाई तीव्रता दिएको हो ।
विभागले हिजो एकै दिन विभिन्न व्यापारिक फर्मलाई गरी १० लाख २० हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ । विभागले मैतीदेवीको खाद्य पसललाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ । पसलले रिलेबलिङ गरेर सामान बिक्री वितरण गर्दै आएको पाइएको थियो ।
यसबाहेक, पाटन औद्योगिक क्षेत्रमा गरेको अनुगमनबाट समेत एक पसललाई ३ लाख जरिवाना गरिएको छ । अनुगमनका क्रममा गुणस्तर घटाइएको, रिलेबलिङ गरेको, मूल्य र परिणाम फरक पारेको पाइएको थियो । यसपछि, जावलाखेलको इलेक्ट्रिक्स पसललाई समेत ३ लाख जरिवाना तिराइएको छ ।
विभागले स्यूचाटारको खाद्य पसललाई १ लाख जरिवाना तिराउँदा ललितपुरको मिठाई पसल र स्यूचाटारको माछा-मासु पसललाई समान १०÷१० हजार जरिवाना गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत