३९ करोडले घट्यो टेलिकमको कूल आय, नाफा १९ करोडले घट्यो

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको कूल आय ३९ करोड रुपैयाँले घटेको छ । टेलिकमको प्रथम त्रैमासको वित्तीय रिपोर्टअनुसार गत वर्षको यही अवधिको तुलनामा टेलिकमको कूल आय ३.५४ प्रतिशते कमी आएको हो ।
कम्पनीले गत आर्थिक वर्षको असोज महिनासम्मको अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा १० करोड ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँमा सीमित छ । यस्तै, चालू वर्षको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रुपैयाँ कम हो । यसैगरी, नेपाल टेलिकमले चालू वर्षको पहिलो त्रैमासमा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँको तुलनामा १९ करोड ८० लाख ७४ हजार कम हो । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रुपैयाँ छ ।
किन घट्यो टेलिकमको नाफा ?
-ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आबद्धता आयमा गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको ।
-आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रूपमा कमी आएको ।
-विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. ५ करोड ९९ लाख विदेशी मुद्रा आम्दानी भएको छ
-प्रतिकुल मौसमका कारण विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको ।
-विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
-राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
-सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
-बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी भएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ