सलमान खानको नाम सुनेपछि अभिनेत्रीले छोडिन् फिल्म, फेरि कहिल्यै सँगै देखिएनन्

मुम्बई । सलमान खान त्यो स्टार हुन् जससँग काम गर्ने हरेक अभिनेत्रीको सपना हुन्छ । तर के तपाईलाई थाहा छ एक अभिनेत्री छिन् जसले सलमानको नाम सुन्ने बित्तिकै फिल्म गर्न अस्वीकार गरिन् ।
पहिले उनले निर्मातालाई फिल्मको लागि लामो समय पर्खन लगाइन् र त्यसपछि जब निर्माताहरूले उनलाई अन्तिम कल दिए, उनले स्पष्ट रूपमा फिल्म गर्न अस्वीकार गरिन् र सलमानको स्थानमा आमिरलाई लिनुपर्ने स्पष्ट रूपमा भनिन् । त्यसपछि धेरै अवसर आए, तर यी दुई कलाकारहरूले सँगै काम गरेनन्।
ती अभिनेत्रीले अस्वीकार गरेपछि फिल्ममा नयाँ अभिनेत्रीको प्रवेश भएको थियो । यो त्यो समय थियो जब सलमान खानले भर्खर बलिउडमा काम गर्न थालेका थिए ।
सन् १९८८ मा फिल्म ‘कुर्बान’का निर्देशक दीपक बाहरी आफ्नो फिल्मको लागि नायिका छनोट गर्न जुही चावलालाई भेट्न आएका थिए । त्यतिबेला जुहीको फिल्म ‘कयामत से कयामत तक’ सुपरहिट भएको थियो । जुहीले दीपकको फिल्मको कथा सुन्दै यसबारे सोचेर बताउने बताइन् ।
जुही चावलाले एक वर्ष यही भनेर बिताइन् । दीपकको यो फिल्मका लागि सलमान खानलाई साइन गरेका थिए र त्यसबेला सलमानको फिल्म ‘मैने प्यार किया’ सुपरहिट भएको थियो ।
लामो प्रतीक्षापछि दिपकले जुहीलाई अन्तिम पटक सोधे, ‘फिल्म गर्ने कि नगर्ने ?’ करिब डेढ वर्षपछि जुहीले आफूले फिल्म गर्ने तर नयाँ नायकसँग फिल्म नगर्ने बताइन् । नयाँ हिरो लिन चाहनुहुन्छ भने मसँग काम गरेका आमिर खानलाई लिन सुझाइन् ।
यस फिल्मका निर्माता बबी केन्ट थिए, जो सलमानका नजिकका साथी थिए । उनको कारणले नै सलमानलाई फिल्ममा साइन गरिएको थियो र दीपकलाई थाहा थियो कि अरू कसैलाई नायकको रूपमा कास्ट गर्न धेरै गाह्रो हुनेछ। त्यसैले उनले जुहीलाई अस्वीकार गर्दै यस फिल्ममा नयाँ नायिका आयशा जुल्कालाई ल्याए । फिल्म बनेर रिलिज पनि भयो ।
यो फिल्मका लागि जुहीसँग पनि कुराकानी भएको कुरा सबैले बिर्सेका थिए । तर जुहीले उनीसँग काम गर्न अस्वीकार गरेको कुरा सलमान खानले बिर्सेका छैनन् । जुहीको इन्कारले सलमानलाई चोट पुर्यायो। मिडिया रिपोर्टका अनुसार सलमानले त्यही दिन जुहीसँग फेरि काम नगर्ने निर्णय गरेका थिए ।
त्यसपछि समय बदलियो र सलमान सुपरस्टार बने । उनले एकपछि अर्को धेरै फिल्म पाए, जसमा जुहीसँग धेरै पटक काम गर्ने मौका पाए तर उनले मानेनन् । लामो समयपछि मित्रताको खातिर उनी डेभिड धवनको फिल्म ‘दीवाना मस्ताना’मा उनी जुहीसँग केही मिनेटको लागि सँगै देखिएका थिए । त्यसपछि उनीहरूले सँगै कुनै फिल्म गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता