कर्णाली सरकारले तिहार लगत्तै भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाउने

सुर्खेत । जाजरकोट भूकम्पमा प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने भएको हो । उक्त कार्य तिहार लगत्तै अगाडि बढाइने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले जानकारी दिए ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका लागि आवश्यक काम गर्न जिम्मेवारी प्रदान गरेको थियो । सोही अनुसार भौतिक मन्त्रालयले तयारी थालेको शाहीले बताए ।
मन्त्री शाहीले अस्थायी टहरा निर्माणमा सहयोग गर्न चाहने इच्छुक दातृ निकाय, साझेदार संघ–संस्थालाई जस्तापाता तथा त्रिपाल सहयोगको आह्वान समेत गरेको छ ।
जाजरकोट भूकम्पले प्रदेशका ६५ हजार भन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । टहरा निर्माणका लागि ठूलो मात्रामा बजेट आवश्यक पर्ने शाहीले बताए । मन्त्रालयले त्रिपाल र जस्तापातासहित कम्तीमा पनि साढे तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जाजरकोटको छेडागाड नगरपालिकामा १ हजार ९४५ घरहरू पूर्णरुपमा क्षति भएका छन् भने ४५४५ घर आंशिक क्षति भएका छन् । कुल ६ हजार ४९० घरधुरी विस्थापित भएका छन् ।
जाजरकोटकै भेरी नगरपालिकामा २ हजार ५३० घर पूर्ण रूपमा क्षति भएका छन् भने ४२३८ घर आंशिक रूपमा क्षति भएका छन् । ६ हजार ७६८ घरका नागरिकहरू भूकम्पका कारण विस्थापित भएका छन् ।
बारेकोट गाउँपालिकोटमा १ हजार ३५ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २ हजार २८६ घर आंशिक क्षति बनाएको छ । रिपोट अनुसार ३३ हजार २१ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् ।
कुशे गाउँपालिकामा १ हजार ५०४ घर पूर्ण रूपमा क्षति हुँदा ३ हजार ९८ घर आंशिक क्षति भएका छन् । यहाँका ४ हजार ६०२ घरका नागरिकहरू विस्थापित भएका छन् ।
जुनिचाँदे गाउँपालिकामा ३ हजार ९७८ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । यो पालिकामा ६३४ घर पूर्ण क्षति भएका छन् भने ३ हजार ३४४ घर आंशिक रूपमा क्षति भएका छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १ हजार ५५२ घर भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार ५७४ घर आंशिक रूपमा क्षति भएका छन् । कुल ६ हजार १२६ घरहरूमा बस्दै आइरहेका नागरिकहरू अहिले विस्थापित भएका छन् ।
त्रिवेणी गाउँपालिकामा १ हजार ९३५ घरधुरी विस्थापित भएका छन् । यहाँ १ हजार ९३५ घरधुरी पूर्ण रूपमा क्षति भएका छन् भने १ हजार २५८ घरहरू आंशिक क्षति भएका छन् ।
सानीभेरी गाउँपालिका ३ हजार ७४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये १ हजार २४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्ण रूपमा विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ