आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन
शनिबार, २५ कात्तिक २०८०, ०८ : २६

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो ।
प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सदस्य भएर श्रीलंका क्रिकेटले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको भनिएको छ । आईसीसीले श्रीलंकाले स्वतन्त्र रूपमा आफ्नो काम अघि बढाउन सक्षम नभएको पनि बताएको छ ।
श्रीलंका क्रिकेटले सरकारी हस्तक्षेप बिना श्रीलंकामा क्रिकेटको प्रशासन र नियमन जस्ता जिम्मेवारीहरू पूरा गर्न सक्छ भन्ने सुनिश्चित गर्न सक्षम नभएको आरोप आईसीसीको छ । यसका साथै यो निलम्बनका सर्तहरू आइसीसी बोर्डले आउँदो समयमा तय गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदिमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री