प्रहरीका ५ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरु (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार ५ जना प्रहरी उपरीक्ष (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएपी) मा बढुवा सिफारिस भएका हुन् ।
गृहमन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस हुनेहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा कार्यरत बसन्त रजौरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल,काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगञ्जमा कार्यरत नवीनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, मानवश्रोत व्यवस्थापन महाशाखा दाङमा कार्यरत वीरबहादुर ओली र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत चन्द्रदेव राई रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्