गाजाको विद्यालयमा आक्रमण : ५० जना मारिए
शुक्रबार, २४ कात्तिक २०८०, २१ : ०४

गाजा । गाजा सहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् ।
"गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो । आक्रमणपछि करिब ५० जना मारिएका छन्," अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन् ।
एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ ।-(रासस-एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा
-
पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरूको मनोबल घटायो : अध्यक्ष ढकाल
-
च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै शतक बनाउने चार ब्याटर
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश