मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय फुटबलमा तीन नयाँ अनुहार

शुक्रबार, २४ कात्तिक २०८०, १९ : ०९
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । तीन नयाँ अनुहारसहित शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोटको दोस्रो चरण र एएफसी एशिया कप २०२७ को छनोटका लागि तीन नयाँ खेलाडीसहित २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको हो । 

मिडफिल्डर निशान हमाल ठकुरी, डिफेन्डर योगेश गुरुङ र फरवार्ड राजेश परियारले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । यद्यपि, विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल नेपालले समूह ‘एच’ मा बलियो टोली सयुंक्त अरब इमिरेट्स(युएई) विरुद्ध खेल्दैछ ।

सो खेलमा अनुभवि डिफेन्डर अनन्त तामाङ हुने छैनन् । अभ्यासका क्रममा घुँडामा चोट लागेपछि उनले खेल गुमाउने भएका हुन् । नेपाली टोलीको तीन गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा तथा मिडफिल्डरमा लाकेन लिम्बू, उत्सव राई, कृतिषरत्न छुन्जू, मनिष डाँगी र सेसेहाङ आङदेम्बे छन् ।

त्यस्तै फरवार्डमा अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव बिष्ट छन् । नेपालले आगामी कात्तिक ३० गते घरेलु टोली युएईको सामना गर्र्नेछ । त्यसका लागि नेपाली टोली आइतबार युएई प्रस्थान गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार एक कार्र्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाई गरे । राखेप सदस्यसचिव घिसिङले टिम स्पर्धाका खेल फुटबल र क्रिकेटबाट नेपाली खेल समर्थक र सरकारले धेरै आशा गरेको उल्लेख गर्दै युएई बलियो टोली भएपनि सुखद् नतिजा ल्याउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।   

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बलियो टोलीसँग प्रतिष्पर्धा गर्ने भए पनि राम्रो तयारी गरिरहेको बताए । उनले बलिया टोलीविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्र्शन गर्ने पनि विश्वास व्यक्त गरेका छन् । तयारी क्रममा उनले घरेलु टोलीसँग केही अभ्यास खेल पनि खेलेको बताए । अनुभवी फुटबलर अञ्जन बिष्टले पर्याप्त एक्सपोजर नपाए पनि बलिया टोलीबिरुद्ध राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । जित या टोलीको उत्कृष्ट प्रदर्शन गर्छौं भन्ने आशासहित युएई जाने लागेको अञ्जनको भनाइ छ ।

युएईसँगको खेललगत्तै नेपाल समूहको दोस्रो खेल खेल्न स्वदेश फर्किनेछ । नेपालले मसिंर ५ मा घरेलु मैदानमा यमनसँग खेल्नेछ । यो समूहमा नेपाल, युएई, यमन र बहराइन छन् । पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन् । यता, युएई र बहराइनले भने फिफा वरियताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप