भाइटिकाको दिन उपत्यकामा प्रहरीको नि:शुल्क बस सेवा
शुक्रबार, २४ कात्तिक २०८०, १८ : १८

काठमाडौँ । तिहारको भाइटिकाको दिनमा प्रहरीले उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दुईवटा सिफ्टमा चारवटा बस टिकाको दिनमा सञ्चालन गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।
बिहान साढे ८ बजेबाट पहिलो सिफट र ४ बजेबाट दोस्रो सिफ्ट प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट बस सञ्चालन हुनेगरी रुट निर्धारण गरिएको छ । बा.१ ग २५९१ र बा.१ ग २६०८ नम्बरको बसले पहिलो सिफ्टमा सेवा दिनेछन् । ती बसहरु नक्सालबाट निस्केर बालाजु, सातदोबाटो र सुर्यबिनायक सम्म पुगेर नक्साल फर्किनेछन् ।
मध्यान्ह ४ बजेपछि सोही बसहरुले नक्साल हुँदै कलंकी र भक्तपुरको सुर्यबिनायकसम्म पुगेर सेवा दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते