नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्वारा ‘पुँजी बजार दिग्दर्शन’ सार्वजनिक

काठमाडौँ । नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजी बजार दिग्दर्शन (२०८०) — लेख विशेषाङ्क सार्वजनिक गरेको छ । शुभ–दीपावली, छठ र नेपाल संवतको ११४४ को अवसर पारेर लेख विशेषाङ्क विमोचन गरिएको हो ।
कार्यक्रम नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी सङ्गठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व र नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यमा बोर्ड परिसर खुमलटारमा सम्पन्न थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी पौडेलले राख्नु भएको थियो र कार्यक्रमको सञ्चालन सरिता महर्जनले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै पौडेलले सृजनशीलताको नमुनाको रूपमा विमोचित लेख विशेषाङ्क सबैको साझा प्रयासको परिणाम भएको बताए । उनले वित्तीय सचेतना अभिबृद्धिमा समेत यो सहयोगी प्रयास रहेको बताए ।
यस्तै बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजार दिग्दर्शन (२०८०) — लेख विशेषाङ्क विमोचन गर्दै सङ्गठनका यस्ता सृजनशील कार्यको लागि सङ्गठनका अध्यक्ष नारायण पौडेल र सिङ्गो नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी सङ्गठनप्रति बधाई र शुभ–दीपावली, छठ र नेपाल संवतको ११४४ को शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिठो तथा इन्धन अभावमा गाजाका बेकरी बन्द
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड