गोरखामा डोजरमा आगजनी

गोरखा । मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम गरिरहेको एक डोजरमा अज्ञात समूहले आगजनी गराएका छन्।
गोरखाको घ्याम्पेशाल–निबेल बीच बनियाँगाउँ खण्डमा बा २ क २३५८ नम्बरको जेसिबी एक्साभेटरमा गएराति आगजनी गराएका हुन्।
राति १२ बजे रोकिराखेको अवस्थामा डोजरमा आगो सल्किरहेको स्थानीयले देखेपछि सार्इट र्इन्चार्ज छबि कुमार थापालार्इ जानकारी गराएका थिए ।
डोजर जलेर पूर्ण क्षति भएको थापाले बताए।हालसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । कसले किन जलायो भन्नेबारे खोजी भइरहेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए।
एक कामदारको भनार्इ अनुशार पेटी ठेकेदार कैलालीका सूर्य खड्काले कामदारलाई पैसा नदिई भागेपछि मजदुर र मुख्य ठेकेदारबीच भनाभन भएको थियो । घ्याम्पेशाल–निबेलको सो प्याकेजको काम एमपी–एससीएफ–पीसीसी जेभी कम्पनीले गरेको थियो।
एक घण्टा लामो मिहिनेतपछि स्थानीयबासीले पानी र माटो हालेर साढे एक बजेतिर आगो निभाएको वडाअध्यक्ष बद्री श्रेष्ठले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो
-
शशांकको घरमा चियापान, कांग्रेस नेताहरूको जमघट
-
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग
-
आउट नै नभई क्रिज छाडेर पेभेलियन फर्किएपछि ईशान किशनको चर्को आलोचना
-
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ