शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा डोजरमा आगजनी

मङ्गलबार, २० चैत २०७४, १७ : ५६
मङ्गलबार, २० चैत २०७४

गोरखा । मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम गरिरहेको एक डोजरमा अज्ञात समूहले आगजनी गराएका छन्।

गोरखाको घ्याम्पेशाल–निबेल बीच बनियाँगाउँ खण्डमा बा २ क २३५८ नम्बरको जेसिबी एक्साभेटरमा गएराति आगजनी गराएका हुन्।

राति १२ बजे  रोकिराखेको अवस्थामा डोजरमा आगो सल्किरहेको स्थानीयले देखेपछि सार्इट र्इन्चार्ज छबि कुमार थापालार्इ जानकारी गराएका थिए । 

डोजर जलेर पूर्ण क्षति भएको थापाले बताए।हालसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । कसले किन जलायो भन्नेबारे खोजी भइरहेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए।  

एक कामदारको भनार्इ अनुशार पेटी ठेकेदार कैलालीका सूर्य खड्काले कामदारलाई पैसा नदिई भागेपछि मजदुर र मुख्य ठेकेदारबीच भनाभन भएको थियो । घ्याम्पेशाल–निबेलको सो प्याकेजको काम एमपी–एससीएफ–पीसीसी जेभी कम्पनीले गरेको थियो।

एक घण्टा लामो मिहिनेतपछि स्थानीयबासीले पानी र माटो हालेर साढे एक बजेतिर आगो निभाएको वडाअध्यक्ष बद्री श्रेष्ठले जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप