फिर्केखोला क्लियर गर्न पोखरा महानगरलाई उच्च अदालतको अंकुश, संरचना नभत्काउन आदेश

पोखरा । फिर्केखोला क्लियर गर्न पोखरा महानगरलाई उच्च अदालत पोखराले अङ्कुश लगाइदिएको छ । खोलाघरका संरचना हटाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालतमा मुद्दा पर्यो ।
शुक्रवार न्यायाधीश मिलन राईको एकल इजलासले तत्काल संरचना नहटाउन आदेश दिएको हो । सूचनाविरुद्ध फिर्के तमु समाजसहित विभिन्न सङ्घ–संस्थाले रिट दायर गरेका थिए । रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, मुकुन्द अर्याल र अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए ।
विभिन्न सङ्घ–संस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको थियो । महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न र कारण देखाउन आदेश दिएको हो ।
महानगरले कात्तिक १० गते ३५ दिने सूचना जारी गरेको थियो । गत साउन ४ देखि भदौ २ सम्म भएको नाप जाँचपछि महानगरलाई बुझाइएको प्रतिवेदनमा १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो