जाजरकोट भूकम्प : साढे दुई करोडको पशुधन क्षति

काठमाडौँ । जाजरकोट भूकम्पबाट साढे दुई करोड रुपैयाँको पशुधनको क्षति भएको छ । जाजरकोट र पश्चिम रुकुम गरी २ करोड ५१ लाख २३ हजार ५ सय ४५ रुपैयाँ बराबरको पशुधनको क्षति भएको हो ।
जाजरकोटमा मात्रै २ करोड १८ लाख ७ सय ५० रुपैयाँको क्षति र पश्चिम रुकुममा ३३ लाख १८ हजार ७ सय ९५ रुपैयाँ बराबरको पशुधनको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ ।
मन्त्रालयका अनुसार दुवै जिल्लामा ९ सय ७३ पशु चौपायाको मृत्यु भएको छ । जाजरकोटमा ६ सय २२ र पश्चिम रुकुममा ३ सय ५१ पशु चौपायाको मृत्यु भएको हो । सोबाट १७ लाख १८ हजार ५ सय ९५ रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ । ६ सय ६ पशु चौपाया घाइते तथा उपचार गरिएका छन् ।
जाजरकोटमा ६७ वटा खोर गोठको क्षति हुँदा १ करोड ५८ लाख २७ हजार ७ सय ५ रुपैयाँ अनुमानित क्षति भएको मन्त्रालयले जनाएको छ । पश्चिम रुकुममा ४ वटा भौतिक संरचनामा क्षति भएको छ । सोबाट १६ लाख बाराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?