पहिले पनि अपराधमा संलग्न थिए आरोपित गोपाल

काठमाडौँ । मुगु सामूहिक हत्या प्रकरणमा जोडिएका आरोपित गोपाल बोहोरा यसअघि पनि हत्या प्रयासमा संलग्न व्यक्ति रहेको खुलासा भएको छ । मुगु सामूहिक हत्या प्रकरणको अनुसनधानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार गोपाल यसअघि पनि व्यक्ति हत्याको प्रयासमा पक्राउ परेका व्यक्ति हुन् ।
गत कात्तिक ८ गते मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या भएको थियो । हत्यामा संलग्न दुई व्यक्तिलाई कात्तिक २० र २१ गते पक्राउ गरिएको थियो ।
पक्राउ गरिएका गोपाल बोहोरा नाम गरेका आरोपित यसअघि पनि व्यक्तिको हत्या प्रयासमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार गोपालले यसअघि पनि एक व्यक्तिलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए । तर पछि स्थानीय बासिन्दा, स्थानीय प्रहरी र पीडक र पीडित पक्षबीच छलफल भई पीडितको उपचार र क्षतिपूर्ति तिरी मिलापत्र गरिएको पाइएको छ ।
पहिले के कसरी मिलापत्र भएको थियो, त्यस विषयमा जानकारी नभएपनि पहिलेको घटनाबारे पनि जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
श्रीदेवी बोहोरा लगायत उनका तीन छोराछोरीको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका गोपाल बोहोराले पनि लुटपाटका उद्देश्यबाट नै श्रीदेवीको हत्या गरिएको र हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर लगेको बयान दिएका छन् ।
हत्यामा संलग्न रहेको भन्दै प्रहरीले साविक पिना गाविस –७, मुगु घर भएका काले भन्ने गोर्खराज शाही ठकुरी र गोपाल बोहोरालाई पक्राउ गरेको छ । उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ