मुगु सामूहिक हत्याकाण्ड : हत्यापछि रातभर हिँडेर जुम्ला पुगेका थिए आरोपित

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा ४ जनाको सामूहिक हत्यामा संलग्न आरोपित हत्यापछि हिँडेर जुम्लासम्म पुगेको थाहा भएको छ । मुगुस्थित पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले हत्यापछि हिँड्दै जुम्ला पुगेका हुन् । जुम्लाबाट गाडी चढेर उनी सुर्खेत आएका हुन् ।
हत्यामा संलग्न आरोपमा प्रहरीले गोर्खराज र मृतक २८ वर्षीय श्रीदेवी बोहराको ‘भाइ’ नाता पर्ने गोपाल बोहोरालाई पक्राउ गरेको छ । गोर्खराज शाही ठकुरी उर्फ काले बाँकेस्थित कोहलपुरमा बस्छन् । गोपाल बोहराचाहिँ मन्दु गाउँमै बस्छन् ।
रातभर हिँडेर जुम्ला पुगेका गोर्खराजले बाटोमा ‘जडीबुटी ब्यापार गर्छु’ भनेको स्थानीयहरूले बताएका छन् । गोर्खराज शाही ठकुरीलाई कार्तिक २० मा सुर्खेतको पञ्चकोशीटोल बाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हत्यामा संलग्न गोपालले हत्या स्वीकार गरेका छन् । सुरुमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नेगरी सक्रियता देखाएका गोपालले अनुसन्धान मृतकको मोबाइलमा केन्द्रित भएसँगै गोर्खराजलाई फोन गरेर ‘मोबाईल फाल्नु’ भनेका थिए । त्यसपछि सुर्खेतमा बाँसको झाङमा गोर्खराजले मोबाइल फालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । हत्याको उद्देश्य लुटपाट मात्रै भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यापछि गोर्खराज र गोपालले श्रीदेवीले बोक्ने गरेको ओप्पो मोबाइल १ थान, कानमा लगाएको २.५ तोला सुनको रिङ र २५ ग्रामको सुनको तिलहरी लुटेर भागेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । हत्याराले श्रीदेवी र उनका पति दीपक बोहोराको नामको २ थान चेक, लालपुर्जा र ६ हजार नगद पनि लुटेका अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि गोपाल बोहोरा गाउँमै बसे । गोर्खराज फरार भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर