मुगु सामूहिक हत्या प्रकरण : दुईजना पक्राउ, आजै सार्वजनिक गरिने

मुगु । मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका ३१ वर्षीय गोरखराज शाही ठकुरी र ३१ वर्षीय गोपाल बोहोरा छन् ।
उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।
पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।
यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो । हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत टोली खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नमुना विद्यालयका विद्यार्थीका हातमा स्मार्ट ट्याब, यसरी हुन्छ पठनपाठन
-
एकीकृत समाजवादीले आन्दोलन र अधिवेशन सँगसँगै गर्ने
-
बेलायतबाट बन्यो प्रधानन्यायाधीशको ‘नक्कली भेरिफाइड’ एक्स अकाउन्ट
-
इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको निर्णय
-
बनेपाको होटलमा युवती मृत फेला
-
सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’