अपहरणमा परेका फुटबलर डियासका पिता रिहा

बारानकास । अपहरणमा परेका कोलम्बियन खेलाडी लुइस डियाजका पितालाई गुरिल्लाहरुले १३ दिनपछि रिहा गरेका छन् । लिभरपुलका फरवार्डका पिता लुइस म्यानुएल डियाजलाई नेसनल लिबरेसन आर्मी (एलईएन) ले संयुक्त राष्ट्रसंघ र क्याथोलिक चर्चका अधिकारीहरुलाई हस्तान्तरण गरिएको हो ।
उनलाई गत अक्टोबर २८ मा बरानकासबाट अपहरण गरिएको थियो । उनीसँग उनकी पत्नीलाई पनि अपहरण गरिएको भए पनि तिनलाई भने केही घण्टापछि नै रिहा गरिएको थियो ।
स्थानीय मिडियाका अनुसार रिहा पछि म्यानुएललाई सेनाको हेलिकप्टरबाट भालेडुपार लगिएको थियो । त्यहाँ उनको स्वास्थ्य परीक्षणपछि परिवारलाई हस्तान्तरण गरिएको छ । अधिकारीहरूले उनको स्वास्थ्य अवस्था राम्रो रहेको र यातनाको कुनै पनि सङ्केत नदेखिएको बताएका छन् ।
स्थानीय पत्रिकाका अनुसार स्थानीयहरूले लुइस डियाजले लगाउने लिभरपुलको २३ नम्बरको जर्सी लगाएर उनको स्वागत गरेका थिए । लिभरपुलका म्यानेजर योर्गन क्लपले उनको रिहाइप्रति खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त