रोयल इनफिल्डको 'हन्टर टिकटक च्यालेन्ज'का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सीसी लाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न हन्टर टिकटक च्यालेन्ज २०२३ कार्यक्रम सम्पन्न गरेको छ ।
गत असोज १९ गतेबाट सञ्चालन भएको यो कार्यक्रमको नतिजा सार्वजनिक गरिएको छ । टिकटक र फेसबुक लाइभ मार्फत नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद हस्तान्तरण गरिएको छ ।
च्यालेनजको नियम अनुरूप ३ जना लाई विजेता घोषणा गरिएको हो । प्रथम पुरस्कार बापत पोखराका पदम लामाले १ लाख नगद जित्न सफल भएका छन् ।
पोखराकै स्मिता घिमिरेले दोस्रो पुरस्कार बापत ६० हजार नगद जितिन् भने तेस्रो पुरस्कार बापत हेटौडाका रजक शाहीले ४० हजार नगद जित्न सफल भएका छन् ।
सम्पूर्ण विजेताहरुलाई रोयल इनफिल्डको नक्शाल स्थित शोरुममा मिडियाकर्मीको उपस्थितिमा बिहीबार कम्पनीका निर्देशक मेघराज पौडेलद्वारा चेक हस्तान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !