जाजरकोट भूकम्पको संकटबारे सर्वदलीय बैठक बोलाउन राप्रपाको माग
बिहीबार, २३ कात्तिक २०८०, २२ : ०५

काठमाडौँ । राप्रपाले जाजरकोट भूकम्पको संकटबारे सर्वदलीय बैठक बोलाउन माग गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सर्वदलीय बैठक बोलाउन माग गरेको हो ।
बैठकले राहत वितरणमा आएका गुनासो सम्बोधन हुनुपर्ने, वास्तविक पीडितले राहत पाउनुपर्ने, राहत वितरणमा एकरुपता र निश्पक्षता कायम हुनुपर्नेमा माग गरेको छ । राहत वितरण प्रक्रिया राजनीतिक दबाब र प्रभावबाट मुक्त र विभेदरहित हुनुपर्नेमा जोड दिँदै बैठकले त्यसको प्रभावकारी अनुगमन हुनुपर्ने माग समेत गरेको छ ।
बैठकले पौष १, २ र ३ गते काठमाडौँमा पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।