मुगुको सामूहिक हत्यामा संलग्न आरोपमा एकजना पक्राउ

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा गोरखराज शाही ठकुरी छन् ।
पक्राउ गरिएको आरोपितको नाम प्रहरीले औपचारीकको रुपमा सार्वजनिक गरेको छैन । उनी मृतक परिवारका आफन्त हुन् । प्रहरी स्रोतका अनुसार ठकुरी छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका स्थानी हुन् ।
कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका थिए । सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिमलाई मुगु पठाइएको छ ।
छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
सामूहिक हत्यापछि आरोपितले ढोकामा ताला लगाएर हिँडेका हुन् । श्रीदेवी बोहराको मोबाइल घटनास्थलमा भेटिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा
-
ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन
-
कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै