मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
बिहीबार, २३ कात्तिक २०८०, २० : २२

रौतहट । रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिका ४ लचका नजिकै पश्चिमतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१ प ४१३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका सर्लाही हरिवन नगरपालिका–३ का चन्द्र बहादुर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका छेसङ्ग तामाङ घाइते भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । तामाङको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेर चन्द्रपुर अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल