विशिष्टको लावालस्करले भूकम्प पीडितलाई थप समस्या : वरिष्ठ उपाध्यक्ष पोखरेल

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन् ।
प्रेस चौतारी धनकुटाले बिहीबार जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको बताएका हुन् ।
राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको पोखरेलको भनाई छ । विशिष्ट व्यक्तिको हेलिकप्टरको हावाले भूकम्प पीडितको टेन्ट उडाएको उदाहरण दिँदै पोखरेलले अहिले रमिता हेर्न जानेको भन्दा राहत लिएर जानेको खाँचो रहेको बताए ।
‘भूकम्प प्रभावित क्षेत्रमा सरकारका विशिष्ट व्यक्तिहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको छ,’ पोखरेलले भने, ‘भूकम्प पीडितलाई अहिले रमिता हेर्ने मान्छे हैन, राहत लिएर जाने मान्छे चाहिएको छ, त्यो हामीले विचार गर्नुपर्छ ।’
भूकम्प पीडितको सवालमा एमाले गम्भीर रहेको भन्दै पोखरेलले एमालेले केही दिनभित्र एक हजार स्वयंसेवक सो क्षेत्रमा खटाएर प्रभावितहरूलाई पुनस्थापित गर्न सहयोग गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली लगायत पनि सहभागी थिए । एमाले धनकुटाको ७ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकका लागि पोखरेल धनकुटा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै