भूकम्पले भत्काएका दुई वटा विद्यालय पुनर्निर्माण गर्ने नेविसंघकाे घोषणा

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावित क्षेत्रका दुई वटा विद्यालयको पुनर्निर्माण गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकाेटमा पत्रकार सम्मेलन गर्दै यस्ताे घोषणा गरेका हुन् ।
भूकम्पमा परी निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुनर्निर्माण गर्ने शेर्पाले बताए ।
'यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि नेविसघले अस्थायी रुपमा बनाउने जानकारी गर्दछौँ । साथै जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण रुपमा पुन निर्माण गर्न प्रतिबद्धता गर्दछौँ,'अध्यक्ष शेर्पाले भने,'यसका साथै यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि नेविसंघले अस्थायी रुपमा बनाउने समेत जानकारी गर्दछौँ। ´
त्यस्तै नेविसंघले तथ्याङ्क संकलन समिति र नेपाल सरकारको सूचना केन्द्रेको जानकारी बमोजिम पूर्णरूपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन सहयोग गर्ने उनले बताए ।
यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट बञ्चित हुन नदिन नेविसंघले सक्दो प्रयास गर्ने उनको प्रतिबद्धता छ । रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भई ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल