जवानको सफलताको श्रेय नपाएपछि रिसाइन् नयनतारा
नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमामा लेडी सुपरस्टार भनेर चिनिने नयनताराले यो वर्ष जवानबाट बलिउडमा आफ्नो डेब्यु गरेकी थिइन् ।
फिल्म ब्लकबष्टर भएपनि अभिनेत्री खुसी छैनन् । यो उनको लागि निकै ठूलो फिल्म थियो । तर फिल्मको सफलताको श्रेय शाहरुख खानले मात्रै पाइरहेका छन् । केहीले यो फिल्मलाई नयनतारा र शाहरुखको फिल्म नभनेर शाहरुख र दीपिकाको फिल्म भनिरहेका छन् । यो कुराले रुष्ट नयनताराले अब हिन्दी फिल्ममै काम नगर्ने हल्ला चलिरहेको छ ।
टाइम्स नाउले एउटा समाचारमा दक्षिण भारतका ठूला फिल्म निर्मातालाई उद्धृत गर्दै लेखेको छ, ‘तमिल सिनेमामा हिरो अनि फ्यानहरु नयनताराको पुजा गर्छन् । तमिलनाडुमा उनलाई लेडी सुपरस्टार पनि भनिन्छ । नयनताराका फ्यानहरू जवानमा उनको सानो भूमिका देखेर निकै उदास भएका थिए । नयनतारा पनि निकै रुष्ट छिन् । फिल्ममा आखिर उनको रोल के थियो त भनेर उसले पनि सोचिरहेकी छिन् । जवानका लागि शुरुमा उसलाई जुन भूमिका दिइएको थियो, त्यो भूमिका यो विल्कुल थिएन । यो फिल्म शाहरुख र नयनताराको फिल्म हुने वाला थियो, तर यसलाई शाहरुख र दीपिकाको फिल्म भन्न थालिएको छ ।’
तमिल सिनेमामा नयनतारासँग यस्तो गर्ने हिम्मत कुनै फिल्म निर्माताको नभएको, जवानकै निर्देशक समेत रहेका एटलीले पनि तमिलमा उनीसँग यस्तो व्यवहार गर्न नसक्ने ती फिल्म निर्माताले भनेका थिए ।
यसअघि भने नयनताराले सञ्जयलिला भंसालीको फिल्ममा काम गर्न कुराकानी भइरहेको हल्ला चलेको थियो । तर अब भने उनले काम नगर्ने सम्भावना बढेको छ । जवान नयनताराको बलिउड डेब्यु थियो । यसमा उनले अफिसर नर्मदा रायको दमदार भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको भूमिकाले निकै तारिफ पाएपनि शाहरुखसँगको उनको केमेष्ट्रीलाई भने क्रिटिक्सहरुले मन पराएनन् ।
दक्षिण भारतकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री हुन् नयनतारा
नयनतारा दक्षिण भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन् । एउटै फिल्ममा खेलेको उनी १० करोड रुपैयाँ लिन्छिन् । यति धेरै पारिश्रमिक लिने उनी साउथकी पहिलो अभिनेत्री हुन् । समाचारहरुका अनुसार जवानमा आफ्नो भूमिकाका लागि पनि उनले १० करोड रुपयाँ नै लिएकी थिएन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर
-
आज ३४ औँ अख्तियार स्थापना दिवस
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म