भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम

काठमाडौँ । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से सहरका मेयर लिउ स्वाचुङ्गबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा दुई सहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सिगात्से सहरहरू भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले यो समझदारीले आगामी दिनमा दुई देश र दुई सहरबिचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरिन् ।
सो भगिनी सम्बन्ध पाँच वर्षको लागि मान्य हुने र समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार