एन्फा विशेष साधारणसभा : ५३ मत खस्यो, केही समयपछि मतगणना सुरु हुने
काठमाडौँ । अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको विषयमा निणर्य गर्न मकवानपुरको हैटौँडामा जारी अखिल नेपाल फुटबल संघको विशेष साधारणसभाका क्रममा भएको मतदानमा ५३ मत खसेको छ ।
कुल ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको उक्त निर्वाचनमा ३४ मत भने खसेन । मतदान कार्य सम्पन्न भइसकेको छ । अब केही समयपछि मतगणना सुरु हुने बताइएको छ । असन्तुष्ट पक्षको विरोधको बावजुद विशेष साधारणसभामा मतदान पक्रिया अघि बढाइएको थियो ।
यसअघि असन्तुष्ट पक्षले आफ्नो कुरा राख्न पाउनु पर्ने माग गरेपछि विशेष साधारणसभामा असहज स्थिति सृजना भएको थियो । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती सम्बन्धी निणर्यका लागि विशेष साधारणसभा आयोजना गरिएको हो ।
अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनु पर्ने माग राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने