भूकम्पपीडितलाई राहत वितरणमा सरकारको ढिलासुस्ती आपत्तिजनक : नेता खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरूले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भने पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गरे ।
उनले भने, ‘पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ । यसले सिङ्गो देशलाई अत्यन्त पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ । एक हप्ता पुग्न लागेको छ । सरकारले जुन एकद्वारा प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ । तर आजसम्म पनि सामान्य भन्दा सामान्य सुत्केरीले पनि पालसम्म पाएका छैनन् । यो यदि सत्य हो भने दर्दनाक कुरा हो, दुःखद कुरा हो । सरकार किन ढिला भइरहेको छ । यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ । यो अत्यन्त आपत्तिजनक कुरा छ । हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति जनाउन चाहन्छु । अविलम्ब ती पीडित जनतालाई राहत पुर्याउन आग्रह गर्दछु । ढिला नहोस् भनेर चेतावनी दिन चाहन्छु ।’
पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !