सिरहामा पाँच जना जुवाडे पक्राउ
बिहीबार, २३ कात्तिक २०८०, १२ : १८

सिरहा । जुवातास खेलिरहेको अवस्थामा सिरहामा पाँच जना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–६ कटारी चौक बस्ने सञ्जय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैयाँ, ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनविनै सञ्चालन
-
झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
-
सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन् : अध्यक्ष सुवेदी
-
क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि झोलुङ्गे पुल जोखिममा
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
-
नेपाली चिया प्रमुख निर्यातजन्य बाली हो : मन्त्री अधिकारी