हलिउडको हड्ताल आजदेखि सकिने

लस एञ्जलस । हलिउडमा महिनौंदेखि चलिरहेको हड्ताल अन्त्य हुने भएको छ । कलाकारहरुको संगठन साग–आप्mत्राले हलिउडका स्टुडियोहरुसँग ११८ दिनदेखिको बन्द हड्ताल अन्त्य गर्न (मोटामोटी सम्झौता) सर्वसम्मत रुपमा सहमति गरेको छ ।
हड्ताल बिहीबारदेखि सकिने बताइएको छ । सम्झौताका थप विवरणहरु भने शुक्रबार सार्वजनिक गरिनेछ । उच्च तलब र एआईको प्रयोगबाट आफूलाई सुरक्षित गर्नुपर्ने माग राख्दै कलाकारहरु बन्द हड्तालमा उत्रिएका थिए ।
हलिउडका लेखकहरुको समूहले भने पाँच महिनापछि सेप्टेम्बरमा हड्ताल अन्त्य गरेका थिए । साग–आफ्त्रामा हलिउडका १ लाख ६० हजार सदस्य छन् । जुलाई १४ देखि जारी बन्द हड्तालका कारण हलिउडमा फिल्मको छायांकन प्रभावित भइरहेको थियो ।
हडतालका कारण डिज्नी÷मार्भलको ब्लेड, ड्युनः पार्ट २ र फन्टास्टिक फोर जस्ता फिल्महरु महिनौंदेखि अड्किरहेका छन् । एभेञ्जर्सः द काङ डाइनाष्टी र एभेञ्जर्सः सेक्रेट वार्सको शुटिङ एक वर्ष पछाडि सरेका छन् ।
कलाकार र लेखकहरुको हड्तालका कारण हलिउडलाई ६ अर्ब ५० करोड डलर घाटा भएको अनुमान गरिएको छ । हलिउडका स्टार कलाकारहरुले एउटै फिल्मबाट दशौं लाख, करोड पारिश्रमिक लिने गरेका छन् । तर पछिल्लो समय महँगी र एआई लगायत प्रविधिहरुले फिल्म उद्योगमा ल्याएको परिवर्तनका कारण साना कलाकारहरु मारमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला