प्रिन्टिङ प्रेसमा आगलागी, १ करोड रुपैयाँ बराबरको क्षति

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित दीप आर्टस् प्रिन्टिङ प्रेसमा गएराति भएको आगलागीमा झन्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ। गौर रोडमा रहेको दीप आर्ट्स प्रेसमा बुधबार राति ८ बजेर ३५ मिनेटमा भएको आगलागीबाट प्रेस पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
घटनामा तीन वटा प्रिन्टिङ मेसिनमा क्षति पुगेको छ। प्रेसमा भएको आगलागीबाट सोही घरमा रहेका अन्य पसल र कार्यालयमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिहापुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय मिलेर चन्द्रपुर, निजगढ र हरिवनबाट आएको तीन वटा दमकलको सहायताले करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले क्षतिको यकिन विवरण लिन प्रहरी परिचालन गरिएको बताएका छन् । आगलागीको कारण भने खुल्न नसकेको तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात