सेभियामाथि आर्सनलको सहज जीत
बिहीबार, २३ कात्तिक २०८०, ०९ : ५१

लण्डन । आर्सनलले स्पेनिस क्लब सेभियामाथि २–० को जीत हासिल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
खेलको २९ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै प्रिमियर लिग क्लबलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६४ औँ मिनेटमा बुकायो साकाले दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि ४ खेलबाट ९ अङ्क बटुल्दै आर्सनल समूह बीको शीर्ष स्थानमा रहेको छ । सेभिया मात्र दुई अंकसहित पुछारमा रहेको छ । समूहकै अन्य खेलमा पीएसभी एइन्डहोभनले लेन्सलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लेको छ । समान अङ्क भए पनि लेन्स तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान