भूकम्पका घाइते भेट्न टिचिङ हस्पिटल पुगे स्वास्थ्य मन्त्री बस्नेत
बिहीबार, २३ कात्तिक २०८०, ०९ : १९

काठमाडौँ। जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भेटेका छन् ।
सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरिसकेकाले सबैको निःशुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए । भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा.काफ्लेले जानकारी दिए ।
उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनालाई आइसियुमा राखेर उपचार भइरहेको र बाकी आठजनाको पनि उपचार भइरहेको डा। काफ्लेले बताए । मन्त्री बस्नेतले आइसियुमा उपचाररत घाइते र उनका आफन्तसँग पनि भेटेर उपचार अवस्थाबारे जानकारी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव
-
कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा
-
नेपाल बार निर्वाचन : सर्वोच्च बारकै गठबन्धन कि कांग्रेस एक्लै ?
-
उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले सिकायो : उपमहासचिव ज्ञवाली
-
क्रिप्टोकरेन्सी ठगी मुद्दामा तमन्ना र काजलसँग जवाफ माग